डिआईको ठक्करबाट पैदल यात्रुको मृत्यु
काभ्रेपलाञ्चोक | मंसिर १६, २०८०
सांकेतिक तस्वीर
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-११ पात्लेखेतस्थित बिपी राजमार्गमा डिआईको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।
शनिबार बिहान बिपी राजमार्ग हुँदै भकुन्डेबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ च ८५९२ नम्बरको योद्धा नामको डिआईको ठक्करबाट स्थानीय ५० वर्षीय यमुनाप्रसाद धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
सडक छेउमा पैदल हिँडिरहनु भएका धिताललाई शनिबार बिहान अन्दाजी ६:१० मा उक्त डिआईएले ठक्कर दिएको थियो ।
डिआईको ठक्करबाट घाइते धितालको उपचारको क्रममा बिहान ६:५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने डिआई गाडीका चालक र डिआई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

